यो देश हामी आफैले बनाउनु पर्छ
कृषीमा प्रबिधिको आवस्यकता छ। हामिले ल्याउने प्रबिधी हो।कथित लगानीका नाममा मोन्साण्टो भित्र्याउन खोज्नेले जमैकाको हालत हेर। देखाउ भुटानमा कस्को लगानी छ। बिदेशीको जुठो खान पल्कीएकाहरु नै तेस्ता भाइरस हुन जस्ले गुलामी गर्छ। कृषीमा सरकारले किसानलाई संरक्षण गर्नु पर्ने अवस्था छ। राज्यले ठुल्ठुला फार्महरु निर्माण गर्नु पर्छ, र सहकारी खेतीका लागि किसानहरुलाई सहयोग गर्नु पर्छ।
भारतले तरकारी उत्पादकलाई सब्सिडी दिएका कारण नेपालको बजारमा नेपाली किसानको कन्तबिजोग छ। मलमा भ्रस्टाचार हुन्छ। उदारबादका नाममा हिजो खुलेका चिनीमिल, जुट मिल, कट्न उद्योग सबै कौडीका दाममा बेचे। अहिले कृषिमा बिदेशी लगानीका कुरा गर्दै छन।
१. हिजो चियाबगान निजीकरण गरे। हजारौं बिघा सरकारी जमिनमा लगाएको चियापत्ती बेचेर ब्यापारी धनी भए, तर मज्दुरको शोषणको सिमा छैन। अब ती बगान मास्दै छ्न। अब बगान मासेर प्लटिंङ्ग हुन्छ। लगानीका नाममा जमिन ओगट्ने माफियातन्त्रले राम्रो योजना बनाएको छ। कति कमायो राज्यले निजीकरणबाट। यी चिया बगान समाप्त पारेर जनताले के पाए?
२. ५० बर्ष भयो अलैंची उत्पादन भएको? अलैंची प्रशोधनमा लगानी आएन। सबै अलैंची भारत जान्छ। अलैंची प्रशोधन गर्ने उद्दोगमा लगानी गर्दिएको भए किसान धनी हुन्थे।
३. उखु किसानको बिजोग छ। किन लगानी आएन चिनि उत्पादनमा?प्रस्न लगानीको होइन, प्रस्न नेपाली जनताको संरक्षणको हो।
४. अब बिदेशी लगानीका नाममा जग्गा कब्जा हुन्छ।
५. नेपाली किसानलाई सक्षम बनाउन होइन, कृषीलाई आधुनिक गर्ने होइन, बैज्ञानिक गर्ने होइन बरु नेपाली किसानलाई मोन्सान्टो ल्याएर उन्मुलन गर्ने होला!
जब कथित पढेका अल्पज्ञानिको बिगबिगी हुन्छ, तब देशको आत्मा मर्छ। बिदेशी लगानीका नाममा नेपाली किसानले दूध, तरकारी तथा फलफुलमा गरेको धेरथोर उपलब्धी समाप्त गरिदिए पछि नेपाल भारत र चीनको बजार हुन्छ। मलाइ गाली गर्नेहरु भुटान गएर हेर कसरी हुन्छ देशको बिकास। देशमा बस्न नसक्ने अनि बिदेश गएर रास्ट्रबादी भनेर फोहोर ओकल्ने को पीडा खप्नु म जस्ताको नियती हो। हो, म यो देशमै बसेर देश बनाउन सकिन्छ भन्ने मानिस हु। यो देश हामी आफैले बनाउनु पर्छ। हमिलाइ चाहिएको बिदेशी लगानी होइन, इमान्दार नेता, स्वच्छ प्रसासन र भ्रस्टाचार बिहिन माहौल हो। माफियाको उन्मुलन हो। एक दिन त्यो दिन आउने छ। नसामा रगत बगेको देखिन्न, तर बग्छ। असल चराहरु बास बस्न राम्रो रुख खोज्छ्न। मैले बिदेशीको टट्टी खाएको छैन। नेपाली किसान र रास्ट्रको पक्षमा उभिन डर पनि छैन।
By: Yubaraj Sangroula
Source: FB Post