नेपाली औषधी कम्पनिलाई माैंका दिएर त हेरम न
नेपालले भारतिय च्यानल बन्द गरेकाे सन्दर्भमा मलाई एउटा कुरा लेख्न मन लागेर अायाे। मैले अाज भन्दा २०/२५ बर्ष पहिले मेडिकल रिप्रेजेन्टेटिभकाे काम शुरू गरेकाे थिए। पहिला एउटा भारतिय कम्पनिमा। चार महिना काम गरेर बजार बढाउदा पनि तलब अाएन। चाैथाे महिनामा तेस कम्पनिकाे म्यानेजर काठमाण्डाै अाएकाे थियाे। उ संग बजार धुमे, जमलकाे मायालु हाेटलमा बसेका थिए, संगै खाना खाए अनि तलबकाे कुरा गरे। उस्ले मलाई ड्रेफ्ट दियाे (पुरै चार महिनाकाे तलबकाे) । खुसी हुँदै घर गए। भाेली पल्ट पैसा साटे पछि राजिनामा पत्र थमाई दिए। म्यानेजर जिल्ल। मैले उसकाे बजार बढाई सकेकाे थिए, तेसैले नछाेड्न भन्याे, तर मैले भने काम गरेकाे चार महिना के हेरेर बसेकाे थियाे त कम्पनिले? उ निरूत्तर भयाे, र म अाफ्नाे बाटाे लागे।
तेसकाे केही दिनमा नेपाल फ्मास्युटिकलकाे MR मा ईन्टभ्यु दिए। म सफल भए। ठिक तेति नै बेला मेराे छाेरिकाे जन्म पनि भएकाे थियाे। घरमा लक्ष्मिकाे अागमन!
एक हप्ताकाे तालिम पछि म पुराना साथी MR संग बजार घुमे। अनि मैले काम शुरू गरे। तेतिबेला NPL काे मासिक ८० देखि ९० हजारकाे अाैषधि बिक्रि हुन्थियाे काठमाण्डाैंमा। मैले भटाभट काम शुरू गरे। अधिकांश नेपाली चिकित्सकलाई दैनिक जस्ताे अालापालाे समय मिलाएर भेटे। खासै उपलब्धि भएन। तर हार खाईन। मैले NPL मा साढे दुई बर्ष MR भएर काम गर्दा मासिक बिक्रि ४ देखि ५ लाख हुन थाल्याे। अब म्यानेजरकाे पाेस्ट खाली भयाे। पुरानाे साथीले हात झिके पछि त्याे ठाउँ मैले पाए। अनि नेपाल भरि दगुर्न थाले। झण्डै झण्डै ४२ जिल्ला पुगे। बसमा, ट्रकमा, ट्रिपरमा, सिमेन्ट बाेक्ने गाडिमा ( तेतिबेला बागलुङ्गकाे बाटाे बन्दै थियाे, र तेहा सिमेन्ट बाेक्ने गाडि मात्रै जान्थियाे), बैल गाडामा डुङ्गामा अनि माेटरसाईकलमा चारै तिर कुदे। १ कराेड हाराहारिकाे बार्षिक बिक्रि झन्डै झन्डै ६ कराेड सम्म पुर्याए। तर अन्तमा मार्केटिङ्ग मेयानेजर संग ठाकठुक परेर बार्षिक मिटिङ्ग मै राजिनामा ठाेकेर अाए।
भएकाे के थियाे भने म संगै काम गर्ने देउरालि जनताकाे साथिकाे ३००० वा ३५०० तलब थियाे मेराे २८०० मात्र। तेसैले तलब बढाउनु पर्ने कुरा उठाएकाे त म्यानेजर बुरूक्क उफ्रदै बढि तलब दिने कम्पनिमा किन नगएकाे भने। कन्सरि ताती हाल्याे, बस के थियाे र टेबलमै बसि बसि राजिनामा लेखेर लुरू लुरू मिटि्ङग छाेडेर हिडे। MD र अरूले तेसाे नगर्न सम्झाउदै थिए। मैले यस्ताे भन्ने कम्पनिमा काम गरे पनि सम्बन्ध राम्राे नहुने भन्दै उनिहरूलाई नै सम्झाए। राजिनामा दिएकाे पर्सि पल्ट नयां बर्षकाे कार्यक्रममा उपस्थित भए, प्याराेडि गीत गाए। र मैले थाहा पाए कि मलाई फकाउन नगद उपहारकाे घाेषणा गर्दै छ भनेर। मैले सेल्स म्यनेजरलाई भन्दिए कि मेराे नाम घाेषणा भए मैले स्टेजमा नै त्याे नगद च्याति दिन्छु। बरू मेराे सट्टा अरूलाई दिनुस, नत्र राम्राे हुनेछैन। उनिहरूले मेराे नामकाे त्याे नगद पुरस्कार बाध्य भएर अरूलाई दिए। भाेली पल्ट MD ले मलाई उनकाे अफिसमा बाेलाएर खुब सम्झाउन र मार्क्टिङ्ग म्यानेजरकाे तर्फबाट माफि मागे म टससेमस भईन।अन्तमा हार खाएर, मेराे राजिनामा गरूङ्गाे मनका साथ स्वीकृति गरे र मलाई बिदाई गरे।
साढे छ बर्षमा काठमाण्डाैंकाे मासिक बिक्रि १९/२० लाखमा पुर्याए भने कम्पनिकाे बिक्रि १ कराेडबाट ७ कराेेड पुर्याए। यति गर्दा पनि तेतिबेला २८/२९ सय थियाे जबकि हाम्रा मित्र हरि भक्तकाे देउराली जनतामा ३४/३५ सय थियाे। यसैकाे उपहार मैले नराम्ररि पाए। तर एउटा के भने मेराे राजिनामा ले कम्पनि झस्किएर MR काे नै तलब ३५ सय पुर्याए। पछि MR हरूले बाटाेमा भेट्दा सुनाएकाे। मेराे लेभलकाे तलब ४००० भन्दा बढि भयाे भन्दै थिए, तपाईले गर्दा हाम्राे पनि तलब बढ्याे भन्दै थिए।
यी माथिका सब लेख्दै गर्दा एउटा के चै नभनि नहुने के भने, तेति बेला नेपाली कम्पनिलाई नेपाली चिकित्सकले नै खास्सै सहयाेग गर्दैन थिए। Quality छैन भन्थिए। तर पनि हामीले तेत्राे बेचेकै हाे। एकदुई जनाले केही अाषधि लेखिदिन्थे। र बाकि काम हामी Manager र MR ले गर्थियाैं। हामी बाध्य भएर अाैषधि पसलेलाई विभिन्न सामान ( टिभि, फ्रिज, पंखा, ल्यापटप तथा विभिन्न घरायसि सामान) दिएर उनीहरूकाे पसलमा राख्न लगाउथ्याैं। सामान भए पछि बेच्नै परयाे त?
मेराे भनाई के भने यदि नेपाली कम्पनिकाे अाैंषधि कमसल भए बिरामी कसरी निकाे हुन्थिए त! त्याे त खाली भारतिय कम्पनिकाे अाैंषधि लेख्नलाई मात्र एउटा बहाना हाे। अहिले पनि तेस्तै छ हालत। के Digine तेसै Digine भा काे हाेर? सबैले अन्धभक्त भएर लेखेर र त भएकाे। किन Normogel वा Megacid ले Digine काे ठाउँ लिन सकेन त।
हाे अब नेपाली चिकित्सकहरूले पनि यस्तै शुरू गर्नु पर्याे। भारतिय कम्पनि भन्दा नेपाली अाैंषधि कम्पनि Quality मा कम छैनन्। अाज पनि तेहिहाल छ। म मेरै अनुभव सुनाउछु। मेराे मुटुकाे नशा ब्लक भएर मनमाेहन कार्डियाे भाष्कुलर र ट्रान्षप्लान्ट सेन्टरमा यहि मङ्सिरमा स्टे्न्ट हालेकाे। मलाई मधुमेह पनि भएकाेले Linsa 5 mg (Linagliptin 5 mg) लेखेकाे छ, तर अस्पताल फार्मेसी ले मलाई Lipta 5 (Lapen, npl काे भगीनि कम्पनिकाे) दियाे म खुसि भएर लिईरहेकाे छु। खाई मलाई त एकदम फाईदा भई रहेकाे छ।
हाे यसरी नै अब नेपाल अाैंधिमा पनि अात्मनिर्भर हुन नेपाली चिकित्सकहरूले मद्दत गर्नु पर्याे। बेला अाई सकेकाे छ। भाेली भारतले नाकाबन्दि गरेमा पनि फरक पर्ने छैन।
नेपाली अाैंषधि कम्पनिलाई माैंका दिएर त हेरम न। जति नेपाली कम्पनि चल्दै जान्छ, उति उनिहरू बलिया हुन्छन र quality पनि बढ्दै जानेछ। पहिला खुट्टा टेक्न त माैंका दिनु पर्याे, अनि हेर्नू नेपाली कम्पनि कहाँ बाट कहाँ पुग्ने छन्। राेजगार बढ्ने छ। अत्याबस्यक अाैंषधि, ईन्जेक्सनहरू पनि नेपाल मै उत्पादन हुँदै जानेछन्। नेपलीकाे पैसा नेपाल मै लगानी हुनेछ, अनि देश सम्बृध्द हुने छ। माैका अाउछ पर्खदैन, बगेकाे खाला फर्कदैन। बस यति।
By: Binaya Rajbhandari