आज फुरेका मनका भावनाहरू
यस्तै छ दुनियां, भुँडी सुनिया
विहानै उठि चियानास्ता खाई, बिहानी पदयात्रामा हिडियाे
स्वास्थ्य हुन, तर खै !
जताततै घुवां घुलाे, वाटाे वरपर प्लाष्टिक र फाेहरढलकाे दुर्गन्ध ,
गाडिकाे ट्वां टि हुई !
कता छ ब्रुमर अनि कता छन नगरपालिकाका कुचिकारहरू
न त भाेट दिएर जिताएका नेता र कार्यकर्ता
यस्तै छ दुनिया, भुँडी सुनिया
अस्पताल गयाे उस्तै, कमिलाका ताती जस्ता बिरामीहरू
एक बिरामीका तीन कुरूवा
न त बेड खाली छ न त क्याबिन नै, भर्ना हुन नपाएर छटपटाई रहेका
अाफ्नाे पालाे अाउछ भनेर, अपरेसनकाे मिति कुरिरहेका
चिनजानकाे मान्छे भए, सुटुक्क पालाे न सालाे माैंका पाएका
यस्ताे बेथिति सुल्झाउने, काेहि छैनन्,
त्यसैले तयस्तै छ दुनिया, भुँडी सुनिया
यात्र गर्न बसपार्क गयाे, खलांसीकाे कर्कस स्वर
अनि खालांसीहरूले झुम्मिएका यात्रीहरू
दसैंका खसीबाेका झै तानातान गरिएका यात्रीहरू
टिकट नम्बर बाझिएका, खलांसीले एकछिनमा मिलाउछु भन्दै
ड्राईभरले गाडी कुदाउदै, बिचरा मुढांमा यत्रा गर्दै
ल अायाे चिया नास्ता गराै, दिशा पिसाब फेराै, खलांसीकाे उर्दी
के नास्ता के खाना, सबैमा ब्रम्हलुट
बासी खाना अनि ढाड भाच्चिने मूल्य तेस्मा पनि चिल्लाे खाना
खै अनुगमनकर्ता, यात्रुहरू लुटिदै ठगिदै
यस्तै छ दुनिया, भुँडी सुनिया
By: Binaya Rajbhandari